ताजा समाचार

अख्तियार प्रमुखमा राईसहित संवैधानिक निकायका ३४ पदाधिकारीले लिए सपथ

काठमाडाैँ । लामो विवादबीच संवैधानिक परिषद्का ३४ जना पदाधिकारीले शपथग्रहण गरेका छन्।

बुधबार बिहान राष्ट्रपतिनिवासमा आयोजित एक समारोहबीच ५ जना अध्यक्ष र २७ जना पदाधिकारी शपथग्रहण गरेका हुन्।

५ जना अध्यक्षलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले र पदाधिकारिहरुलाई २७ पदाधिकारीहरुलाई अध्यक्षहरुले शपथग्रहण गराएका हुन्। त्यस्तै थारु आयोगमा सिफारिस भएका दुई पदाधिकारीले भने आयोगको कार्यालयमै शपथ लिएका थिए।

मंसिर ३० गते भएको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगमा ३८ जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस भएका मध्ये पर्शुराम रम्तेल र रामकृष्ण तिमल्सेनाले यसअघि नै पद अस्वीकार गरेका थिए। थारु आयोगमा नियुक्ति सिफारिस भएका पदाधिकारीको योग्यता नपुगेका कारण २ जनाको शपथग्रहण हुन नसकेको बताइएको छ।

यसअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाई समिति नभएको भन्दै सिफारिस नामहरु त्यसै फिर्ता गरि दिएका थिए।

सिफारिस प्रक्रियाप्रति असन्तुष्ट रहेका उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख सापकोटाले बुधबार बिहान भएको शपथग्रहण समारोह बहिष्कार गरेका छन्।

संविधान अनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो। यद्यपि संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीमा भने नियुक्ति सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ।

यसैबीच सुनुवाइविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org