ताजा समाचार

अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त गणेश राज जोशीले राजीनामा दिएका छन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम माघ २१ गतेदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए।

यसअघि बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरेकी थिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org