ताजा समाचार

चन्द्रागिरीमा पर्‍यो हिउँ, हिउमा रमाउदै युवा–युवती(फोटोफिचर)

काठमाडाै । राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ । राजधानीको मौसममा केही दिनयता बदली भएको छ भने चिसो बढ्दै जाँदा शनिबार दिउँसो सामान्य हिमपात भएको हो ।
चन्द्रागिरी आसपासको क्षेत्रमा हिउँ परेको र आन्तरिक तथा बाह्य पर्यटकहरु रमाइरहेको चन्द्रगिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहाले न्युज-नेपाललाई जानकारी दिए । महाप्रबन्धक शाहाले भने: यस बर्ष चन्द्रागिरीमा पहिलो पटक हिमपात भएको हो ।  माैषमको अवस्था हेर्दा चन्द्रागिरी आसपासका डाँडामा हिमपात हुने क्रम जारी छ । सुरक्षित बाताबरणमा हिउँ खेल्न आउन स्वागत गर्दछाै ।
वर्षेनी हिमपात भएसँगै केबलकारमार्फत चन्द्रागिरीमा पुग्नेहरु बढ्ने गर्छन् ।   

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org