ताजा समाचार

सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पुरा गर्न, अख्तियारलाई सुशासनको ‘नमुना’ रुपमा विकास गर्छाैः प्रेमकुमार राई

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्ति प्रमुख आयुक्त प्रेमकुमार राईले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न अख्तियारलाई सुशासनको ‘नमुना’ रुपमा विकास गर्ने बताएका छन ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा नवनियुक्त अख्तियार प्रमुख आयुक्त राई  र अख्तियार सचिव सुरेश अधिकारीलाई संखुवासभाका प्रतिनिधिले बधाई दिन पुगेका जिल्लाबासीसंग बोल्दै राईले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न अख्तियारलाई सुशासनको ‘नमुना’ रुपमा विकास गर्ने बताएका हुन  ।

विगठित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रिय सदस्य राजेन्द्र गाैतमको नेतृत्वमा जिल्लाका विभिन्न स्थानिय तहका प्रमुख, विद्दिजिवि लगाएत करिव ५० जनाको संखुवासभा जिल्लाबासीको टोलीले प्रमुख आयुक्त राई र सचिव अधिकारीलाई बधाई तथा शुभकामना  व्यक्त गरेका हुन ।

बधाई तथा शुभकामना ग्रहण गर्दै प्रमुख आयुक्त राईले  भनेः जिल्लाबासीहरुको माया, सद्भाव प्रति सधै रीणी छु । देश यति वेला संघियता कार्यन्वयनको संघारमा छ । यति बेला आयोगलाई चुनाैती छ, ती चुनाैतीलाई चिर्दै सुशासन कायम गर्न कटिवद्द छु ।

देशले  लिएको सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पुरा गर्न प्रशासनिक सुशासन अपरिहार्य छ । तशर्थ अख्तियारलाई नमुनाको रुपमा विकास गर्ने बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org