घर खर्च चलाउन हिउँमा दाउरा बिक्री
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ ।
हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपालिका–७ डाँडाफयाका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट पुगेका छन् ।
दाउरा बिक्री नगरेसम्म बिहान बेलुका घर परिवारलाई छाक टार्नका लागि समस्या हुने गरेको ती बालबालिकाले गुनासो गरेका छन् । अन्य दिन विद्यालय गए पनि शनिबारको दिन गाउँका प्रायः बालबालिका खर्च तथा आफ्नो कापी कलम किन्नका लागि भए पनि दाउरा बोकेर बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेका छन् ।
गाउँबाट आफूसहित घोडा खच्चड तथा झोपामा दाउराको भारी बोकाएर सिमकोटमा बिक्री गर्न आउँदा एक भारीको रु ५०० देखि रु एक हजारसम्म पर्ने गरेको स्थानीयवासी वीरबहादुर सिंहले बताए । हिउँदको चिसो मौसममा दाउराको माग बढी हुने भएकाले कसैले रुपैयाँमा बिक्री गर्ने गरेको र कोहीले चामलसँग दाउरा साट्ने गरेको उनले बताए । सिमकोटमा गाउँबाट पुर्याएको चार भारी दाउरा (३० केजी) को एक कट्ठा चामलमा साट्ने गरेको सिंहले बताए ।
सिमकोटमा हिउँदको समयमा विद्युत् सेवा दैनिक १२ घण्टाभन्दा बढी अवरुद्ध हुने हुँदा दाउराको बढी प्रयोग हुने गरेको सिमकोटमा बसोबास गर्दै आएका राजबहादुर बोहराले बताए । सदरमुकाम सिमकोटमा दाउरा बोकेर बिक्री गर्न डाँडाफया, चौगनफया गाउँका नागरिक मात्रै नभएर खार्पुनाथ गाउँपालिकाको मजा, छिप्रा, याङ्चुलगायतका गाउँबाट आउने गरेको बोहराले बताए ।
हिउँदको समयमा हिमपात बढी हुने र दाउरा टिप्नका लागि वनमा जान नसकिने हुँदा गाउँबाट बिक्रीका लागि ल्याइएको दाउरा किन्नुपर्ने अवस्था रहेको उनले बताए । विद्युत् नियमित नहुँदा सिमकोट बजारमा दाउराको माग बढेको हो ।
जिल्लामा गरिब तथा विपन्न बालबालिकाको जीवनस्तर माथि उठाउनका लागि बर्सेनि विभिन्न खालका अभियान, गोष्ठी, सेमिनार, तालीमजस्ता कार्यक्रममा लाखौँ रकम खर्च गरिन्छ । वास्तवमा बालबालिकासम्बन्धी नारा कागज र भाषणमै सीमित रहेको छ ।
Comments
अरु समाचार
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...