नेपालमा आजदेखि दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान सुरु
काठमाडौं । नेपालमा आजदेखि दोस्रो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान सुरु भएको छ।
दोस्रो चरणको खोप अभियानमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारहरु, बैंकका कर्मचारी, मालपोत, नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी, विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालयका कर्मचारीलाई लक्षित गरेर लगाइँदै छ। यो अभियान एक हप्तामा सकिनेछ। जसमा तीन लाख जनालाई खोप दिइने लक्ष्य रहेको बताइएको छ ।
काठमाडौंमा सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालबाट दोस्रो चरणको खोप सेवा सुरु भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । राजधानीको सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा संयुक्त राष्ट्रसंघ अन्तरर्गतका एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
यस्तै शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने व्यवस्था मिलाइको छ।
अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको अनि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा सुरु भएको खोप अभियान सोमबारदेखि दोस्रो चरणमा प्रवेश गरेको हो।
एघार दिनसम्ममा देशभरिका करिब दुई सय केन्द्रहरूबाट एक लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिबार सम्पन्न भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पहिलो चरणको खोप अभियानमा ७७ जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् । जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका छन् ।
नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप तथा भारतको औषधि उत्पादक कम्पनीले उत्पादन गरेको खोप प्रयोग गर्न थालिएको हो । पहिलो चरणमा भारतले १० लाख डोज उपहारस्वरुप दिएको खोप नेपालमा लगाइएको हो ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...