ताजा समाचार

भागरथीको पोस्टमार्टम रिपोर्ट : बलात्कार र घाँटी थिचेर हत्या

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ ।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार पोस्टमार्टम रिपोर्ट आज प्रहरीलाई दिइएको छ । एक उच्च प्रहरी अधिकारीले भने, “बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । घाँटी निमोठेको र अन्य केही भित्री चोटहरु पनि छन् । थप अनुसन्धान भने जारी छ ।”

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार साँझसम्म घर फर्किएकी थिइनन् । उनी बिहीबार बिहान मुख्य सडकको केही भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्ट आउनुअघि प्रहरीले हत्या मात्रै हो या बलात्कार पनि भन्ने यकिन गर्न सकेको थिएन । घटनाको अनुसन्धानमा प्रहरीका विभिन्न टोली खटिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org