निर्माण सम्पन्न भएको हप्ता दिन नबित्दै भत्कियो नहर
रुकुम पूर्व । सिस्ने गाउँपालिका ३ पोखरामा तितेखोला धनिबारे ढल निकास आयोजनाको ४ लाख रुपैयाँ बजेट अनियमितता भएको पाइएको हो ।
बर्षायाममा वर्षे पानीले किसानको बाली नष्ट गर्ने गर्दै आइरहेको थियो । बर्षे पानीको क्षतीले किसान मर्कामा परेपछि पानीको व्यवस्थापन गर्न ढल निर्माण गर्न बजेट बिनियोजन गरिएको थियो ।सोहि बजेटमा उपभोक्ता समितिले अनियमितता गरेको स्थानीयको आरोप छ ।
सिस्ने गाउँपालिका ३ नम्बर वडा कार्यालयले स्थानीय किसानको नगदे तथा अन्नबाली बर्षायामको समयमा क्षति गर्दै आएको खेतबारी संरक्षण गर्न तथा ढल व्यवस्थापन गर्न वडाले यहि आ.व.२०७७-०७८ को पहिलो चौमासिकमा ४ लाख बजेट बिनियोजन गरेर उपभोक्ता मार्फत काम गरिएको वडाध्यक्ष पसुपति खड्काले वताएका छन् ।
अध्यक्ष खड्काका अनुसार उपभोक्ता समितिले चित्तबुझ्दो काम नगरेको र उनीहरुमाथि आफुलाई बिश्वास नभएको तथा काम सम्पन्न गरि रकम निकासा गरे पनि कामलाई अझै व्यवस्थापन गर्न समितिलाई ताकेता गरिरहेको बताएका छन् ।
`काम चित्तबुझ्दो नभए पछि वडाबाट काम सम्पन्न भएको सिफारिस दिन केही दिन अड्काएर अझै काम गर्नुस भनेकै हु तर प्राविधिक रुपमा योजना पास भइसके पछि आफ्नो केही सीप नलाग्ने रहेछ ।´ वडाध्यक्ष खड्काले भने ।
उता उपभोक्ता समितिका अध्यक्ष सिस्ने ३ पोखराकै महेन्द्र खड्काले भने स्थानीय जनताहरुलाई आफै ज्यालामा काम लगाइएको र सबै गरि ४ लाखले काम सुरापुरा भएको बताए ।
समितिले आयोजनामा अनियमित ढंगले हाजिरी तथा मदिरा सेवन समेत सोहि बजेटबाट गरिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार काम गरेको दिनबाहेक उपभोक्ता समितिले प्राविधिक काम गर्न सदरमुकाम रुकुमकोटमा गएको भन्दै १० दिनको अतिरिक्त हाजिरी गरेको जनाइएको छ ।
अहिले समितिले ३ सय मिटरसम्म नालि खनेर केहि मात्रामा सिमेन्टको वाल लगाइएको छ । तर, नहर बनाइएको हप्तादिन नबित्दै भत्किएको छ ।
उक्त कार्यमा कसले काम गर्न पाउने नपाउने भन्ने विवाद समेत उत्पन्न भएको थियो । भने, ज्यालामा गाउँका १२० भन्दा वढिलाई १ दिनको ६०० रुपैयाँ ज्यालामा काम गराइएको र जालि, ढुङ्गा , गिट्टी , बालुवा खरिद गरि अन्य काम उपभोक्ता समिति र बाहिरका मान्छेहरुले पनि गरेको महेन्द्र खड्काले बताए ।
योजनाको सर्वेक्षण गर्न गाँउपालिकाका सब ओभरसियर करण खड्का खटिएका थिए । खड्काले जिल्लामा रहेको सिचाइ डिभिजनले त्यहि ठाउमा प्रोजेक्टको रुपमा लगानी गर्ने भए पछि अहिले बनाएको संरचना हटाउने भएकोले सिचाइ डिभिजनसंग सल्लाह सुझाव लिइ काममा धेरै रकम नखर्चिन भनेको तर, नमानेको जनाए ।
उनले आफ्नो बचाउ गर्दै कामको क्वान्टिटि अनुसार जनप्रतिनिधि र समिति लगाएत सबैको अनुगमन पश्चात् प्राविधिक पास भएको खड्काले बताएका छन् ।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...