ताजा समाचार

प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो छ । उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको लागि बिमान समितिमा पेस गर्ने निर्णय गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org