ताजा समाचार

विनयजंगविरुद्ध सपनाले दिइन् जाहेरी, प्रहरीले सुरु गर्‍यो खोजी

काठमाडाैँ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोक्का मगरले विनयजंग बस्नेतविरुद्ध जाहेरी दिएकी छन्।

आफ्नो मानमर्दन् तथा बेइज्जत गरेको भन्दै सपनाले जाहेरी दिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले बताए।

सँगै बेवारिसे शव व्यवस्थापनको काम गर्दै आएका विनय र सपनाबीचको खटपट पछिल्लो समय सार्वजनिक भएको थियो।

विनयले सपनाको बारेमा अश्लील सामग्री सार्वजनिक गर्ने भन्दै सार्वजनिकरुपमै अभिव्यक्ति दिएका थिए।

उनीहरुले सँगै काम गरुन्जेल एकअर्कालाई बाबु छोरीको रुपमा रहेको बताउने गरेका थिए।

तर बीबीसीले सपनालाई संसारकै १०० प्रभावशाली महिलाको सूचीमा चयन गरेको केहि समयपछि उनीहरुबीचको विवाद बाहिरिएको थियो। उनीहरु अहिले छुट्टाछुट्टै समूहमा काम गर्न थालेका छन्।

उजुरी परेसँगै प्रहरीले विनयलाई पक्राउ गर्ने तयारीका साथ उनको खोजी सुरु गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org