ताजा समाचार

ललितानिवास जग्गा प्रकरणः बाबुराम भट्टराई र माधव नेपालविरुद्धकाे मुद्दामा सर्वाेच्चले माग्याे प्रमाण

काठमाडाैँ । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपालविरुद्धको मुद्दामा प्रमाण मागेको छ ।

भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले मन्त्रिपरिषद्का निर्णयहरूकाे कागजात झिकाउने आदेश दिएको हो ।

बालुवाटारको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू भट्टराई र नेपालको संलग्नता रहेकाले उनीहरूविरुद्ध मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

याे प्रकरणामा तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मन्त्रिपरिषद्‌बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले ‘केही गरिरहनु परेन’ भनी सफाइ दिएको थियाे ।

नेपाल २०६६ र ०६७ सालमा तथा भट्टराई २०६८ सालमा भट्टराई प्रधानमन्त्री थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org