ताजा समाचार

किङ्स परिवारको सुन्दरीजलमा रात्री भोज(फोटोफचर)

काठमाडाैँ । दरवारमार्ग स्थित किंङ्स लाउन्जले गत बुधवार किङ्स परिवारको सम्मान स्वरुप सुन्दरिजलमा क्याम्प फायरीङ्ग (रात्री भोज) सम्पन्न गरेको छ ।

बर्षमा ३६५ दिन नै ग्राहकहरुको सेवालाई प्राथामिकतामा राखेर गुणस्तरिय सेवा प्रदान गर्न तल्लिन रहने किङ्स परिवार गत बुधबार भने करिव ८५ जनाको संख्यामा रहेको आफ्नो किङ्स परिवार लाई लिएर क्याम्प फायरीङ्ग रात्री भोजमा जुटेको थियो ।

ग्राहकहरुमा गुणस्तरिय सेवालाई मध्यनजर गर्दै काममा संलग्न किङ्स परिवारका सदस्यहरुलाई उच्च मनोबल तथा काम प्रती डेडीकेट होस् भन्ने हेतुले बेला-बेलामा कम्पनीले एस्ता रिफ्रेसमेन्ट पार्टीको आयोजना गर्ने गर्दछ ।

हरेक दैनिकी जस्तै गत बुधवार पनि किङ्समा आगन्तुकलाई नियमित सेवा प्रदान पश्चात रातको १ बजे सुन्दरीजलमा किङ्स परिवार रिफ्रेसमेन्टका लागी पुगेको हो ।

किङ्स लाउन्ज हस्पिटालिटी प्रोफेसन अन्तरगत आन्तरिक टिम ब्यबस्थापनमा अब्बल छाप बनाउन सफल लाउन्ज हो यि अलाबा ग्राहकहरुलाई नयाँ-नया स्वादका परिकारका साथ आधुनिक सेवा प्रदान गर्नु त किङ्सको विशेषता नै हो ।

सञ्चालक कुमार गुरुङ भन्छनः  किङ्स लाई माया गर्ने सम्पूर्ण देश बिदेशमा रहनु हुने हजुर हरु प्रति हाम्रो अत्यन्तै उच्च सम्मान छ, आज यहाँ हरुकै माया र सपोर्ट ले हामी यहाँ सम्मको यात्रामा छौ र निकट भबिस्यमा नै देश बिदेश सम्म शाखा बिस्तार गर्दै अझै हजुर हरु सँग नजिक भएर सेवामा तल्लिन रहने सोचमा प्रेरित छौ. गुरुङ भन्छन – हाम्रा किङ्स फेमिली र हजुर सम्पूर्ण किङ्स लाई माया गर्नु हुने यहाँ हरु नै हाम्रा प्रेरणाको श्रोत हुनुहुन्छ,

यसका साथै किङ्स लाउन्ज सामाजिक दायित्व निर्बाह गर्ने कार्यहरुमा पनि सधैं अग्रसर नै रहदै आएको छ, किङ्स लाउन्ज ब्यापार मात्रै नभएर सामाजिक सेवामा पनि उत्तिकै क्रियाशिल छ किङ्स ग्रुपका चेयर म्यान राम चन्द्र श्रेष्ठको जानकारी अनुसार किङ्स ले विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई व्हील चियर प्रदान गर्ने, अनाथ बालबालिकालाई पठनपाठनका सामाग्रीः कापी, कलम असाह्य अनाथ लाई जाडोमा न्यानो कपडा बितरण आदी सामाजीक कामहरु पनि गर्दै आउनु भएको छ  ।

दरबारामार्गमा संचालित किङ्स लाउन्ज पुर्वराजा ज्ञानेन्द्र शाह देखी कलाकार, खेलाडी, बैंकर्स, डाक्टर, डिप्लोम्याटस, ब्यापारिहरु सम्पुर्णको पहिलो रोजाइको लाउन्ज हो ।

किङ्सले काठमाण्डौंको अपार व्यावसायिक सफलताका पछि पोखराबाट पनि सेवा दिई सकेको छ।                                     

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org