ताजा समाचार

प्रतिनिधि सभा विघटन मुद्दा: आजदेखि एमिकस क्युरीले बहस गर्ने

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आजबाट एमिकस क्युरीले आफ्नो राय राख्दैछन् ।

पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएको छ । माघ ४ बाट निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा आजदेखि एमिकस क्युरीले प्रतिनिधि सभा विघटनको विषयमा आफ्नो राय दिनेछन्  । इजलासले मङ्गलबारदेखि एमिकसको धारणा सुन्ने बताइसकेको छ ।

अदालतको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट पाँच जना एमिकस क्युरीका रूपमा सिफारिस भएका छन् । नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेललाई एमिकसमा सिफारिस गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org