ताजा समाचार

गोरखाको बारपाक बजारमा घरमै तीन जना मृत फेला

काठमाडौं। गोरखाको बारपाक बजारमा तीन जना मृत फेला परेका छन्।

अन्दाजी ८४ वर्षीय तिलबहादुर गुरूङ, अन्दाजी २० वर्षीया आइतमायाँ गुरूङ र अन्दाजी १२ वर्षीया उषा गुरूङ मृत फेला परेका हुन्।

स्थानीयले दिएको जानकारीअनुसार उनीहरूको मुखबाट फिँच आएको देखिएको गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरूङले बताए।

“बिहान साढे ९ बजेतिर तीन जना मानिस घरमै मृत फेला परेका जानकारी प्रहरीलाई आयो”, उनले  भने, “स्थानीयले दिएको जानकारी अनुसार उनीहरूको मुखमा फिँच आइरहेको छ।”

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ।

त्यहाँ पुग्न जौबारीबाट तीन घण्टा लाग्ने र प्रहरी टोली अहिले बाटोमा रहेको प्रहरी उपरीक्षक गुरूङले बताए।
घटनाबारे प्रहरी टोली पुगेपछि मात्रै थाहा हुने उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org