ताजा समाचार

प्रधानसेनापति थापा र प्रधानन्यायाधीशबीच आकस्मिक भेट

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका हुन् ।

सर्वोच्चले नयाँ भवन बनाउने स्थानमा नेपाली सेनाको केही जग्गा परेकाले त्यससम्बन्धी छलफल गर्न प्रधानसेनापति थापा सर्वोच्च पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले पुष्टि गरे ।

सर्वोच्चको अहिलेको भवनपछाडि नयाँ भवन बन्दै छ । ‘नेपाली सेनाले केही जग्गा छोडिदिनुपर्ने र हस्तान्तरण गर्नुपर्ने भएकाले त्यस विषयमा समन्वय गर्न जानुभएको हो,’ पौड्यालले भने ।

प्रधानन्यायाधीश राणासँग भेट भए-नभएको चाहिँ आफूलाई थाहा नभएको उनको भनाइ थियो ।

तर,  सर्वोच्च अदालत स्रोतले भने प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच करिब १ घण्टा कुराकानी भएको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org