नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज
काठमाडाैँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । अर्थात् अब छिट्टै सर्वोच्च अदालतमा निसु (निर्णय सुनाउने) प्रक्रियामा अघि बढ्नेछ ।
सर्वोच्चले फैसला छिट्टै गर्नका लागि १० फागुनसम्म आफ्नो बहस नोट बुझाउन बहसकर्तालाई समय तोकेको थियो । सो मितिमा सबै कानुन व्यवसायीले आफ्नो बहस नोट बुझाइसकेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेपछि अदालतले एकिमस क्युरी (अदालतको सहयोगी) समेत राखेर परामर्श लिएको थियो ।
अदालतले गत १० पुसमा प्रतिनिधिसभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुनेपछि एमिकस क्युरीको राय लिइएको थियो ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेल स्वदेश आइपुगे, प्रधानमन्त्री ओलीले गरे स्वागत
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश...
-
छाला नपाउँदा मादल बनाउन समस्या, पेशा संकटमा
दमौली (तनहुँ): तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने...
-
दार्चुला दुर्घटना अपडेटः सात जनाको ज्यान गयो, छ जना गम्भीर
खलङ्गा (दार्चुला), ३० कात्तिकः दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर...
-
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
-
दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
बैतडी: दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप...
-
पशुपति गौशाला धर्मशालामा मोहियानी हक लाग्दैन : काठमाडौँ जिल्ला अदालत
काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा...
-
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
सिरहा: सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी...
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...