ताजा समाचार

पार्टी सचिवालय बैठक तत्काल बोलाउन ओली–प्रचण्डसँग वामदेव गौतमको माग

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजीनामा मागेका छन् ।

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्ने जनाएका छन् ।

उपाध्यक्ष गौतमले दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाउन समेत अनुरोध गरेका छन् । उनले राष्ट्रपतिले संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने समेत बताएका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता २०७७ फागुन ११ गतेको दिन ऐतिहासिक महत्त्वको रहेको छ । यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो,’ विज्ञप्तिमा उल्लेख छ ।

‘प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ । आजको दिन निरंकुशता, स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कÞानून, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो । यस अवसरमा म सर्वप्रथम प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै उहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु,’ विज्ञप्तिमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org