ताजा समाचार

राष्ट्रपति क्षमा पूजाका लागि पशुपतिनाथ मन्दिर जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पशुपतिनाथ मन्दिर जाने भएकी छिन्।

राष्ट्रपति भण्डारी १२ बजे पशुपतिनाथको मन्दिर पुग्ने कार्यक्रम रहेको बताइएको छ।

पशुपति मन्दिरको शिवलिंगमा १४१ किलो सुनको जलहरी राख्‍नु अघि  भारतबाट  आएका पूजा पाठ गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि जलहारीका लागि सरकारले ३० करोड दिने बताएका थिए।

जलहरी राख्ने विषयमा विरोध भइरहेको छ। सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सोमबार छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org