ताजा समाचार

राष्ट्रपतिको उपस्थितीमा पशुपतिनाथको शिवलिंगमा राखियो सुनको जलहरी [फोटो फिचर]

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको भनाइ छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए । यस कार्यका निम्ति ८० करोड रुपैयाँ खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताए ।

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उनले बताए । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँच दिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पूजाआजा भइरहेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन् ।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै सदस्य सचिव डा. ढकालले शिवरात्रिमा यस वर्ष अघिल्ला वर्षमा जस्तो भक्तजन नआउने बताए । दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उनको भनाइ छ । पशुपतिनाथमा शिवरात्रिको अवसरमा धूमपान, मद्यपान तथा लागुऔषध बर्जित गरेको पनि बताए ।

फोटोफिचरः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org