ताजा समाचार

पुस्तक अंश : ४ पाथी गहुँ र घर्तिगाउँको चामल

कमरेड परिवर्तन
लाल सलाम ।
विशेष कुरा के छ भने कमरेड झरणाको प्रतिक्षा गरिहेको बेला उहाँको पत्र प्राप्त भयो । पत्रमा उल्लेखित जानकारी हजुरहरूलाई पनि गराउन चाहन्छु ।
कमरेड, “वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार” नामक योजनाले तपार्ईं हामीलाई साम्राज्यवादसँग लड्ने उर्जा र कार्यभार थपिदिएको छ । कमरेड ज्वाला र कमरेड दर्शन कम्पनी कमिसार हुनु भएको खबर छ ।
अव जनविद्रोह जगाउन एउटा अभियान चल्दै रहेछ । अन्तर क्षेत्र, अन्तर जिल्ला, अन्तर एरिया, अन्तर गा.ज.स.हरूमा व्यापक शक्ति परिचालन गर्ने भन्ने छ रे । कमरेड झरणा महिलाको राष्ट्रिय सम्मेलनमा जानु भएकोले हाम्रो एरियाको बैठक बसाउन कमरेड दिनेश (सेतिराम ओली) आउनु हुन्छ ।
कमरेड दिनेश १४ गते आउने भएकोले तपार्ईंहरू १४ गते साँझ नै हरलेको काप्रिखोला आउनु होला । हाम्रो बैठक पनि त्यहीँ ठाऊमा बस्ने सोचिएको छ । तपार्ईंले ४ पाथी जति गहँु र घर्तिगाउँ भएको चामल पनि ल्याउनुहोला । बैठकलाई आवश्यक पर्ने तरकारी लगायतका सामानको तयारी गर्नुहोला । यो बिचमा लेवी संकलन र मुद्धा मिलाउने काममा योजना बनाएर लाग्नुहोला । म १४ गते विहान वा साँझ सम्पर्कमा आउने छु ।
दोभान
२०६०।३।१०

(नेकपा विद्यार्थी नेता तिलक राज भण्डारीको ‘जनयुद्धको हस्ताक्षर’ पुस्तकबाट लिइएको एक पत्र । पुस्तकमा जनयुद्धको समयमा आदान–प्रदान भएका पत्रहरू समावेश गरिएका छन्)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org