ताजा समाचार

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, कम्तीमा ४० घर पसल खरानी

काठमाडौं। ताप्लेजुङको दोभान बजारमा आगलागी भइरहेको छ। हालसम्म कम्तीमा ४० वटा घर र पसल नस्ट भएको छ।

आगालागी नियन्त्रणको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) बालनरसिंह राणाले बताए।

“आगो नियन्त्रण लिने प्रयासमा छौं, नियन्त्रण हुन लागेको छ”, डीएसपी राणाले देखापढीसँग भने, “प्रहरी, सशसत्र, नेपाली सेनासहित स्थानीयवासी आगलागी नियन्त्रणमा जुटेका छौं।”

आगलागीबाट हालसम्म मानवीय क्षति भने भएको छैन। धनमालको यकिन क्षति भन्न अहिले नै नसकिने अवस्था रहेको डीएसपी राणाले बताए।

“अहिले आगलागी नियन्त्रणसँगै मानिसहरूको उद्दार गर्ने, घरघरबाट खाद्यन्नलगायतका दैनिक उपभोग्य वस्तु जोगाउने काम पनि भइरहेको छ र कति क्षति भयो भन्ने चाहिँ अहिले भन्न सकिने अवस्था छैन”, डीएसपी राणाको भनाइ छ।

आगलागीको कारण खुलेको छैन। आज बिहान करिब ९ बजेतिरदेखि आगलागी शुरू भएको हो। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

 

वर्ष अगाडि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पनि भीषण आगलागी भएको थियो। ५० भन्दा बढी घर जलेर नस्ट भएको थियो।

सोही आगलागीको घटनालाई सम्झाउने गरिको आगलागी आज जिल्लाकै दोभान बजारमा भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org