ताजा समाचार

नेकपा दाहाल-नेपाल केन्द्रीय कमिटीको निर्णय : नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन

प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन

काठमाडौँ ।  पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने भएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

त्यस्तै केही दिनअघि नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, गोकुल बाँस्कोटा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ । पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठक दु:ख व्यक्त गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org