प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ: महामन्त्री कोइराला
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव प्रचण्ड–माधव समूहले या कांग्रेसले ल्याउनेसमेत बताए ।
बुधबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले नेकपालाई टुटाउनका लागि भए पनि कांग्रेस सरकारमा जानुपर्ने बताए । उनले भने, ‘प्रचण्ड–माधव नेपालसँग मिलेर हामी सरकारमा जानुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।’
नेकपा विभाजन नभइ कांग्रेस सरकारमा गएर केही उपलब्धी नहुनेसमेत उनले बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव समूहसँग मिलेर भए पनि पदबाट हटाउने बताए । उनले सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको पनि बताए ।
सरकारबारे कांग्रेसले आधिकारिक धारणा तय गरिसकेको छैन । सभापति शेरबहादुर देउवाले यसअघि नेकपाका दुवै खेमाको पक्ष– विपक्षमा कांग्रेस नलाग्ने बताएका थिए ।
आगामी २३ गते अपराह्न ४ बजे पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सो बैठकमा सांसदहरुले खेल्ने भूमिका टुंगो लगाउन कांग्रेसले आगामी शुक्रबार संसदीय दलको बैठक बोलाएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...