ताजा समाचार

बोनस घोषणा लगत्तै नेपाल हाइड्रोको सेयर भाउमा उछाल

काठमाडौं । नेपाल हाइड्रोडेभलपर लिमिटेडको सेयर मूल्यमा उछाल आएको छ । बोनस सेयर घोषणा गरेलगत्तै नेपाल हाइड्रोडेभलपरको सेयर भाउ ९ दशमलव ८३ प्रतिशतले बढेको हो ।

नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्‍ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको थियो । । गत बिहीबार बसेको कम्पनी सञ्‍चालक समितिले आर्थिक वर्ष २०७६/०७७ सम्मको साञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २६ अर्बको ११ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । त्यसबाहेक २०७५ पुस ०९ मा बसेको बैठकबाट आर्थिक वर्ष २०७४/०७५ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय भएको थियो ।

विशेष कारणवश साधारण सभा हुन नसकेको र सोको लागि सेयर दाखिला खारेजी बन्द समेत नभएकाले उक्त ४ प्रतिशत समेत समावेश रहने गरी माथि उल्लेखित आर्थिक वर्षे २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट उपरोक्त १५ प्रातशत बोनस सेयर प्रस्ताव गरेको कम्पनीले जानकारी दिएको छ ।

कारोबारको सुरुवातमै २९ रुपैयाँले बढेर कम्पनीको सेयर मूल्य ३ सय २४ रुपैयाँ पुगेको छ । यो कम्पनीको सेयर खरिद चाप उच्च छ । बिक्रीमा शून्य हुँदा खरिद चाप उच्च देखिएको छ । एक लाख ६१ हजार ९ सय ३ कित्ता सेयर खरिदका लागि माग भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org