ताजा समाचार

सर्वोच्चमा चुडाल र नहकुलसहित २० न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीशसहित २० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषद्‍को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट दुईजना उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै जिल्ला न्यायाधीशबाट सातजना, न्याय सेवाका अधिकृतबाट दुईजना तथा अधिवक्ताहरूबाट सातजना उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको परिषद्ले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org