ताजा समाचार

६ अर्ब बराबरको साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

काठमाडौं । प्रहरीले ६ अर्ब रुपैयाँ बराबरको बहुमूल्य विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले बिहीबार बौद्धबाट उनीहरुलाई पक्राउ गरेको हो । दुई किलो ५०० ग्राम युरेनियमसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले जानकारी दिए । त्यसको नेपाली मूल्य ६ अर्ब रुपैयाँ बराबर पर्ने उनले बताए ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । नेपालमा युरेनियमसहित आरोपी पक्राउ गरिएको यो पहिलोपटक हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org