ताजा समाचार

माओवादी केन्द्रको केन्द्रीय समिति संख्या २ सय नै कायम

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति २ सय सदस्यीय रहने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबर बसेको बैठकले एमालेसँग एकता गर्दाको संख्या नै कायम राख्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

आइतबारको केन्द्रीय समिति बैठकमा करिब १ सय ८५ जना सहभागी भएका थिए । एमालेसँगको एकतापछि ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको र १० जना सदस्य अनुपस्थित रहेको उनले बताए । पार्टी एकताअघि माओवादी केन्द्रमा झन्डै ४ हजार जनाको केन्द्रीय समितिको संख्या रहेको थियो ।

बैठकले एमालेतिर लागेका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साहलगायत नेताहरुका कारण पार्टीलाई खासै प्रभाव नपरेको निष्कर्ष निकालिएको छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहित १० जना नेताले धारणा राखेका छन् ।

नेता चौलागाईंका अनुसार पार्टीको नाम फेर्ने, वाम ध्रुविकरण लगायतका एजेन्डा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org