ताजा समाचार

कर्णाली प्रदेशको मुख्यन्यायाधिवक्तामा खनाल नियुक्त

काठमाडाैँ । झण्डै एक महिनाअघिदेखि रिक्त रहेको कर्णाली प्रदेशको मुख्यन्यायाधिवक्तामा मातृका प्रसाद खनाल नियुक्त भएका छन्।

संविधानको धारा १६० को उपधारा ९२० बमोजिम सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा खनाललाई नियुक्त गरिएको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले खनाललाई नियुक्त गरेका हुन्।

नव नियुक्त मुख्यन्यायाधिवक्ता खनाललाई कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा १६ बमोजिम उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश राजेश्वर तिवारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

यसअघि नियुक्त गरिएका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले राजीनामा दिएपछि पद रिक्त रहेको थियो। राजीनामा दिएका मानन्धर सुर्खेतका हुन् भने नवनियुक्त खनाल दैलेखका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org