ताजा समाचार

ओलीले वामदेवलाई भने- एकताको पक्षमा नलाग्नोस्, उनीहरु एकता चाहँदैनन्

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताको पक्षमा नलाग्न आग्रह गरेका छन् ।

एकताको पक्षमा लागेर केही उपलब्धि नहुने उनको भनाइ थियो ।

एमाले संसदीय दलको आज बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको जिकिर गरेका हुन् । एमाले अहिले स्पष्ट रुपमा दुई समूहमा विभाजित छ ।

“एकताको पक्षमा लागेर केही हुन्न । उनीहरु एकता चाहँदैनन् भन्ने कुरा अब त बुझ्नुभयो होला । अब त्यता नलाग्नोस्,” ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

संसदीय दलको बैठकमा पुगेका गौतमलाई ओलीले स्वागत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org