कैलालीको लम्कीमा गोली चल्यो, दुई जना घाइते
कैलाली । कैलालीको लम्कीमा गोली चलेको छ । बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात स्थानीयले गरेको आन्दोलनलाई तितरवितर गर्न खोज्दा प्रहरीले गोली चलाएको हो ।
सो क्रममा प्रहरीको गोली लागेर २ जना आन्दोलनकारी घाइते भएको छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले आक्रोशित भिडले इलाका प्रहरी कार्यालय लम्कीभित्र पसी प्रहरीलाई हातपात गर्न थालेपछि गोली चलाइएको बताए । उनले घाइते दुबै जनालाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको पनि जानकारी दिए । यस्तै झडपका क्रममा केही प्रहरी समेत घाइते भएको बताइएको छ ।
मंगलबार बिहान लम्कीचोकमा ना ६ ८८३३ नम्बरको बसले लम्कीचुहा नगरपालिका १ बस्ने २२ वर्षीया कमला देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । घटनालगत्तै स्थानीयले सडक अवरुद्ध पार्दै आन्दोलन चर्काएका थिए । अहिले स्थिति नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालक बर्दगोरिया १ बस्ने पुष्प कडेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ ।
Comments
अरु समाचार
-
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ ।...
-
जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो रु २७ लाख
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को आठ महिना अवधिमा जथाभावी फोहोर फाल्नेबाट रु ११ लाख ६५ हजार...
-
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । म्यागङ गाउँपालिका–५ सामरीस्थित खेलमैदानमा...
-
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र
काठमाडौं । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र...
-
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको गुण्डागर्दी तथा अवैध...
-
सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग
काठमाडौं । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन् ।...
-
सभामुख घिमिरे स्वदेश फर्किए
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका सङ्घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश...
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताउनुभएको छ । आज यहाँ...
-
छ करोडको लागतमा पालिका भवन निर्माण
काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा रु छ करोडको लागतमा भवन...