ताजा समाचार

काठमाडौंवासीका धारामा मेलम्चीको पानी

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आइतबार दिउँसोबाट राजधानीबासीको धारामा खसेको छ।

महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी वितरण गरिएको हो। आइतबार दिउँसो २ बजे भण्डारण गरिएको पानी वितरण प्रणालीमा पठाइएको हो।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने प्रक्रिया आइतबारबाट सुरु भएको हो। मेलम्चीको पानी केही समय काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)का पुराना पाइपलाइनबाटै वितरण गरिएको हो।

सुन्दरीजलमा प्रशोधित पानी उपत्यकाका १० ठाउँमा पुग्नेछ। मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ। आइतबार पहिलो चरणमा महांकालसहितका ट्यांकीको पानी वितरण गरिएको हो।

सुरुङ परीक्षणका क्रममा फागुन २२ गते सिन्धुपाल्चोकबाट ल्याइएको पानी सुन्दरीजलमा खसालिएको थियो। पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी ल्याइएको हो। मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो। तर, अहिले ६० लाखभन्दा बढीको बसोबास छ। तापनि, अब दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org