‘मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस्’
काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ।
मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ।
हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो। देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
खासगरी पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेका सङ्घीय राजधानी काठमाडौँलगायतका शहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरुप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ। तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ।
आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ। यस वर्ष नेपालमा पोष्ट–मनसुन सिजनमा अधिकांश स्थानमा सरदर भन्दा धेरै कम वर्षा भएको र गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा भएको तथ्याङ्क छ।
मनसुनपूर्वको आजसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा जलवायु प्रारूपहरुले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुनसक्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको तथा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ। विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरु हुन सक्ने विषयमा ध्यानाकर्षण गराइसकेको जनाएको छ।
Comments
अरु समाचार
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...
-
गुराँसको राजधानी टिएमजे मनमोहक (फोटो फिचर)
गुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले यतिबेला मनमोहक देखिएको छ । यस वर्षको सिजनको फुल लालीगुराँस फुलले टीएमजे क्षेत्र मनमोहक देखिएको हो। विशेषगरि ...
-
खाँदबारी–किमाथाङ्का सडकको साढे छ किलोमिटर ट्रयाक खुल्यो
काठमाडौं । राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको साढे छ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ । भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकको...
-
इलाम–२ मा एमालेका सुहाङलाई माओवादी केन्द्रले सघाउने
काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्रले सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवारका...
-
विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष स्थापना
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा...