मेगा बैंकको एटिएम ह्याक गरेर पैसा चोर्न खोजिरहेका चिनियाँ नागरिक पक्राउ
काठमाडाैँ । दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो।
परिसरका अनुसार सिआओलङले एटिएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए। उनी एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।
‘विभिन्न बैंकहरूको एटिएम बुथबाट अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि प्रहरी पुगेको थियो,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘यस क्रममा एक जना चिनियाँ पक्राउ गरिएको हो।’
विगत केही वर्षयता चिनियाँ नागरिक एटिएम बुथ ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न हुँदै आएको तथ्य बाहिरिएको थियो।
सिआओलङ ज्याठास्थित होटल मोन्टिसमा बस्ने गर्थे। उनलाई पक्राउ गरी प्रहरी उनी बसिरहेको होटलको ४०५ नम्बर कोठा पुगेको थियो।
त्यहाँ पुग्दा प्रहरीले विभिन्न सामग्रीहरू बरामद गरेको एसएसपी सिंहले बताए।
उनको साथमा १० थान एटिएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको छ।
Comments
अरु समाचार
-
मापसे गरी तीन जनामाथि एसिड प्रहार, २२ लिटर एसिडसहित आरोपि पक्राउ
सल्यान । तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले...
-
सिरहामा प्रहरी प्रशासनकै आडमा तस्करी: दिनभरि भण्डारण, रातभरि ढुवानी
सिराहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी...
-
संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत
संखुवासभा । संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला...
-
न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा, बच्चासहित प्रहरीले उठायो अनशनस्थलबाटै
काठमाडौं । न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बसेकी छन् । ‘कुमारी आमा’को रुपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता...
-
मुम्बई उड्न लागेको विमान रोकेर प्रहरी समात्यो सुन व्यापारी
काठमाडाैं । काठमाडाैंबाट मुम्बई उड्नै लागेको नेपाल एयरलाइन्सको विमानलाई रोकेर प्रहरीले सुन व्यवसायमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । सुरुमा...
-
काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला
काठमाडौँ । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक...
-
धर्मको आवरणमा बलात्कार आरोपित सिद्दबाबा: सरकारी वकिल मुद्दा लड्ने, महान्यायाधिवक्ता आशीर्वाद लिने !
काठमाडौं । साउन २ गतेदेखि पशुपतिनाथ क्षेत्रमा चलेको अतिरुद्र महायज्ञ १० गते सकियो । महायज्ञको प्रमुख वाचक थिए, बलात्कार मुद्दामा...
-
गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत
गुल्मी । गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने...
-
नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा १८ वर्षीया किशोरी बलात्कृत
काठमाडाैं । काठमाडौंमा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर...