नयाँ वर्षमा पाँचथरमा चौंरी महोत्सव
काठमाडाैँ । नयाँ वर्षको अवसरमा फालेलुङ गाउँपालिका–४ तीन सिमानामा चौंरी महोत्सव हुने भएको छ। चार वर्षयता आयोजना भइरहेको महोत्सव यस वर्ष पनि नेपाल–भारत सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो।
फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र कञ्चनजंघाका चौंरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन्। महोसत्व २०७८ वैशाख १ गते सञ्चालन हुनेछ। महोत्सवमा चौंरीका विभिन्न प्रजाति तथा चौंरीसँग सम्बन्धित सामग्रीको प्रदर्शनी मुख्य आकर्षण रहने महोत्सव आयोजक समितिका सचिव सुनिल बान्तवाले जानकारी दिए।
परम्परागत चौंरीपालनलाई व्यवस्थित र व्यावसायिक बनाई दिगो आयस्रोत बनाउने, चौंरीमा आधारित पर्यापर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने, जैविक विविधता, दुर्लभ वनस्पति तथा जीवजन्तु संरक्षणको सन्देश दिने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो। महोत्सवमा चौंरी तथा याकका विभिन्न प्रजातिको प्रदर्शनी, चौंरीजन्य उत्पादनको प्रदर्शनी, भूटानबाट ल्याइएका याकको प्रदर्शनी, घोडाचढी तथा याकचढी मुख्य आकर्षण रहेका छन्। यस्तै‚ उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको प्रदर्शनी, स्थानीय संस्कारमा आधारित खाद्यान्नका परिकार, भेडाको ऊनबाट निर्मित सामग्री, गोठबासमा बसोबासजस्ता आकर्षण रहने आयोजक समितिका सचिव बान्तवाले बताए।
तीन सिमानाबाट नेपाल, भारत र भुटानका हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने यहाँ प्रशिद्ध तीर्थस्थल गोर्खेधामसमेत रहेको छ। विगतमा फालेलुङ–४ चाररातेमा चौंरी महोत्सव आयोजना गर्ने गरिएको थियो। तर‚ चारराते पुग्न भारतीय बाटोको प्रयोग गर्नुपर्ने, सुरक्षाको अभावजस्ता कारणले महोत्सवस्थल तीन सिमाना निर्धारण गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष एवं फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनले बताए। तीन सिमाना नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको, गोठबासको प्रबन्ध भएको, सहज सडक पहुँच भएको तथा तीन सिमानालाई पर्यटक गन्तव्य बनाउन प्रचारमा जोड दिनुपर्ने भएकाले यहाँ महोत्सव आयोजना गरिएको अध्यक्ष सावदेनको भनाइ छ। महोत्सव सम्पन्न गर्न मुल आयोजक समिति तथा चारवटा उपसमिति गठन गरिएको अध्यक्ष सावदेनले बताए।
दुई दर्जनभन्दा बढी चौंरीगोठ रहेको फालेलुङको फालोट क्षेत्रमा पर्यटन विकास गर्ने, चौंरीजन्य सामग्रीको प्रचार र बजारको खोजी गर्ने, चौंरीपालनलाई व्यवस्थित गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित २०७४ बाट महोत्सव आयोजना गर्न थालिएको हो। गत वर्ष भने कोभिड–१९ को महामारी तथा बन्दाबन्दीका कारण चौंरी महोत्सव हुन सकेन। हालसम्म कोरोना भाइरस संक्रमणको अवस्था सामान्य रहेकाले प्रशासनको अनुमतिले यस वर्ष महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ।
विगतका वर्षमा महोत्सव सम्पन्न गर्न इसिमोड, रिकास्ट, टिएमआइ, रेडपाण्डा नेटवर्कलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विभागीय सरकारी निकाय, जिल्लाका अन्य स्थानीय तहले समेत सहयोग गरेका थिए। यस वर्ष गाउँपालिका र कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहलको लगानीमा महोत्सव आयोजना गरिएको हो। महोत्सवमा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको आयोजक समितिले जनाएको छ।
Comments
अरु समाचार
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...
-
गुराँसको राजधानी टिएमजे मनमोहक (फोटो फिचर)
गुराँसको राजधानी तिनजुरे-मिल्के-जलजले यतिबेला मनमोहक देखिएको छ । यस वर्षको सिजनको फुल लालीगुराँस फुलले टीएमजे क्षेत्र मनमोहक देखिएको हो। विशेषगरि ...
-
खाँदबारी–किमाथाङ्का सडकको साढे छ किलोमिटर ट्रयाक खुल्यो
काठमाडौं । राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको साढे छ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ । भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकको...
-
इलाम–२ मा एमालेका सुहाङलाई माओवादी केन्द्रले सघाउने
काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्रले सघाउने भएको छ । माओवादी केन्द्रबाट उम्मेदवारका...
-
विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष स्थापना
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा...