ताजा समाचार

एमालेले कर्णाली प्रदेशबाट आफ्ना मन्त्री फिर्ता बोलाउने

काठमाडाैँ । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक बसेको छ ।

बैठकले एमालेका तर्फबाट सरकारमा सामेल ३ जना मन्त्रीलाई फिर्ता बोलाउने तयारी थालेको छ ।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दलबहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमन्त्री नन्दसिंह बुढा सहभागी छन् ।

नेकपा एमालेले माओवादी केन्द्रलाई सरकार बनाउन दिएको समर्थन गत चत  ४ गते नै फिर्ता लिएको वर्तमान सरकारमा एमालेका तर्फबाट मन्त्री रहेकालाई आजको संसदीय दलको बैठकबाट फिर्ता बोलाउने निर्णय हुने एमालेका एक सांसदले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org