ताजा समाचार

कर्णालीका तीन मन्त्रीले आज राजीनामा दिने

काठमाडाैँ । कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री भएका तीन जनाले राजीनामा आज राजीनामा दिने भएका छन् ।

एमालेबाट मन्त्री बनेकाहरू प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढाले राजीनामा दिने भएका हुन् ।

राजीनामा लागि आज १२ बजे पत्रकार सम्मेलन हुने भएको छ । कर्णाली सरकारमा ज्वाला आर्थिक मामिला तथा योजनामन्त्री, रावल सामाजिक विकासमन्त्री र बुढा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

आइतबार बसेको कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकले पार्टीको तर्फबाट मन्त्री बनेकाहरूले राजीनामा दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम तीन जना मन्त्रीले राजीनामा दिन लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org