कर्णाली सरकारमा सहभागी ३ जना मन्त्रीले दिए सामुहिक राजिनामा
काठमाडाैँ । कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामुहिक राजिनामा दिएका छन ।
नेकपा एमालेले माओवादी केन्द्रलाई दिएकाे समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिएका हुन ।
एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजिनामा पत्र बुझाए ।
राजिनामा दिनु अघि मन्त्री परिषद् बैठक बसेकाे थियाे ।
तीन जना मन्त्रीले राजिनामा दिएर नेकपा एमाले संसदीय दलकाे बैठकमा सहभागी भएका छन् ।
नेकपा विभाजनपछि एमालेले यही चैत्र ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बाेलाउने निर्णय गरेकाे थियोे ।
कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्य माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेकाे पत्र संसदलाई बुझाएको छ । अब प्रदश सभामा ३९ जना संसद छन् ।
यी मध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।
Comments
अरु समाचार
-
प्रहरी असईले आफैँलाई गोली हाने
काठमाडौं । अछाममा प्रहरी सहायक निरीक्षक (असई) ले आफैँलाई गोली हानेका छन् । तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक किसनबहादुर...
-
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
काठमाडौं । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५...
-
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता...
-
गण्डकीमा डेङ्गुबाट सातको मृत्यु
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...