पत्रकार महासंघको निर्वाचन : यस्तो छ अहिलेसम्मको मतपरिणाम
नेपाल पत्रकार महासंघको निर्वाचनको मत गणना जारी छ। अहिलेसम्मको परिणामले विपुल पोखरेलको प्यानल अगाडि देखिएको छ।
यसपालि पहिलोपटक भएको पत्रकार महासंघको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनबाट विपुल पाखरेलको प्यानल, एमालेकै सत्ता पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट निर्मला शर्माको प्यानल प्रतिस्पर्धामा छन्। यस्तै स्वतन्त्रबाट गजेन्द्र बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
जसमध्ये पोखरेल प्यानलले ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोटलगायत जिल्लामा अग्रता लिइरहेको छ। लुम्बिनी र सुदूरपश्चिमका जिल्लामा पनि यही प्यानल अगाडि देखिएको छ।
उता एमालेकै ओलीनिकट प्रेस चौतारीबाट चुनावी मैदानमा रहेको निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा मात्र अगाडि भइरहेको छ। यो प्यानलले भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीलगायत जिल्लामा अग्रता लिइरहेको हो।
स्वतन्त्रबाट अध्यक्षमा उठेका गजेन्द्र बुढाथोकीले भने अहिलेसम्म कम मात्र मत प्राप्त गरेका छन्।
प्रदेश १
धनकुटामा मतगणना सकिएको छ। जहाँ विपुल पोखरेलले ८३, निर्मला शर्माले ३३ र गजेन्द्र बुढाथोकीले ३ मत प्राप्त गरेका छन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ८२ र शर्मा प्यानलका माधव नेपालले ३३ मत ल्याएका छन्।
महासचिवमा रोशन पुरीले ७६, बाकलकृष्ण बस्नेतले ३३ र सुबोध गौतमले ६ मत प्राप्त गरेका छन्।
धनकुटामा पोखरेल प्यानलका सबै उम्मेदवार अगाडि देखिएका छन्।
उदयपुरमा सम्पन्न मतगणनाअनुसार विपुल पोखरेलले ४४, निर्मला शर्माले ३८ र गजेन्द्र बुढाथोकीले १० मत प्राप्त गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ५६ र माधव नेपालले २२ मत पाएका छन्। महासचिवमा रोशन पुरीले ४८, बालकृष्ण बस्नेतले ३५ र सुबोध गौतमले ४ मत पाएका छन्।
सोलुखम्बुमा पनि मतगणना सकिएको छ। जहाँ अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३२ र निर्मला शर्माले २५ मत पाएका छन्। ओखलढुंगामा पोखरेलले १८ मत ल्याउँदा शर्माले २५ मत प्राप्त गरेकी छन्। भोजुपुरमा पोखरेलले १९ र शर्माले २० मत पाएका छन।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा पोखरेल प्यानल अगाडि छ। उसले जिल्ला, प्रदेश र केन्द्र तीनै तहमा अग्रता लिएको छ।
गुल्मीमा केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३९ र निर्मला शर्माले १९ मत पाएका छन्। यस्तै पाल्पामा पोखरेलले ४१ र शर्माले ४७ मत प्राप्त गरेका छन्।
रोल्पामा पोखरेलले ४६ र शर्माले २८ मत ल्याएका छन्। प्रदेश अध्यक्षका उम्मेदवार बसन्त गिरीले ४७ र भरत केसीले २६ मत पाएका छन्।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशका जिल्लाको मत गणना सकिएको छ। बझाङ, डोटी, डडेल्धुरा र दार्चुलामा गरी पोख्रेलले २०६ तथा शर्माले ११८ मत पाएकी छन्।
बैतडी, बाजुरा र अछामको अन्तिम मत गणना अन्तिम चरणमा पुगेको छ भने कैलाली र कञ्चनपुरमा मत गणना सुरु हुँदै छ।
यसपालि पत्रकार महासंघको निर्वाचन पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको हो। बुधबार सम्पन्न मतदानमा देशभरका १३ हजारभन्दा बढी पत्रकारले जिल्लादेखि केन्द्रसम्मका उम्मेदवारलाई मतदान गरेका हुन्।
महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाएका हुन्। यसअघि केन्द्रका पदाधिकारीलाई जिल्लाबाट छानिएर आएका पार्षद (प्रतिनिधि) ले मात्र मतदान गर्न पाउँथे।
Comments
अरु समाचार
-
शेष घलेका नक्कली भाइ गमबहादुरको फेरि अर्को ठगि धन्दा
काठमाडाैँ । डलर अर्बपति शेष घलेका नक्कली भाइको परिचयमा दुनियाँ ठग्दै आएका गमबहादुर लामिछाने बिक फेरि अर्को ३ करोड रुपैयाँ...
-
शिवपुरी–नागार्जुन निकुञ्जको डढेलो निभाउन सिम्रिक हेलिकप्टरबाट पानी (फोटोफिचर)
काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो...
-
सुदूरपश्चिमका सबै जिल्लामा नेपाल समूहका समानान्तर समिति
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर समिति बनाएको छ । धनगढीमा दुई दिनसम्म चलेको...
-
सीसीएमसीको निर्णयप्रति प्याब्सनको आपत्तिः विद्यालय बन्द गर्ने हाेइन सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ
काठमाडौँ । कोभिड-१९ को दोस्रो लहर बढेपछि विद्यालयमा पठनपाठन बन्द गराउने सिफारिस मन्त्रिपरिषदमा पठाउने सीसीएमसीको निर्णयप्रति निजी विद्यालय सञ्चालकले आपत्ति...
-
सत्ता समीकरणमा निर्णायक हुने भनिएको जसपा बैठक सुरु
काठमाडाैँ । सत्ता समीकरणबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ६ नेताको बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा...
-
शीतलनिवासमा फेरि हुँदैछ अर्को विभूषण वितरण, नेपालको परिवर्तित नक्सा नै अंकित गरिने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ का लागि घोषणा भएका ६६३ जनालाई विभूषण, तक्मा र पदक बाँडेको छैटौं दिनमा पुनः...
-
छलफलबाटै पार्टीभित्र देखिएका समस्या समाधान हुन्छ : नेपाल
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक...
-
बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान
काठमाडाैँ । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा...
-
देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडाैँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका...