ताजा समाचार

पुनर्नियुक्ति पाएका ४ मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । पुनर्नियुक्ति पाएका ४ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशङ्कर चौधरीलाई शपथ गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार उनीहरुलाई पुनर्नियुक्ति गरेकी थिइन् । माओवादी केन्द्र परित्याग गरेका रायमाझी, साह, चौधरी र भट्टलाई केहीदिन अघि पार्टीले दल त्यागको सूचना संसद् सचिवालयमा पठाएको थियो ।उनीहरूलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ८० अनुसार मन्त्री पदमा पुनः शपथ गराएकी हुन् । चारैजना यसअघि सोही मन्त्रालयका मन्त्री थिए ।

संविधानमा सांसद पदमा बहाल नरहे पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org