ताजा समाचार

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडाैँ ।  पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राख्न लागिएको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरण र पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रवक्ता शर्माले  जानकारी दिए।

सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। बैठकमा नयाँ सरकार गठन गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग भइरहेका छलफलबारे जानकारी गराइने शर्माले बताए।

शुक्रबार देउवाले नयाँ सत्ता समीकरणका विषयमा माओवादी केन्द्र र जसपासँग आफ्नै निवास (बूढानीलकण्ठ) मा छलफल गरेका थिए।

छलफलमा देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने घोषणा गर्दै सहयोग गर्न आग्रह गरेका थिए। देउवाको प्रस्तावमा माओवादी केन्द्र सकारात्मक भए पनि जसपाले भने निर्णय गर्न समय मागेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org