ताजा समाचार

संसदीय सुनुवाइ समितिबाट हटाइए पाण्डे

काठमाडौं। नेकपा एमालेले संसदीय सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डेलाई हटाएको छ।

सर्वोच्च अदालतको न्यायाधीशमा नहकूल सुवेदीको अयोग्यतासम्बन्धी प्रश्न उठेको बेला सुनुवाइ समितिबाट पाण्डेलाई हटाएको हो।

एमालेले २५ गते सभामुख अग्निप्रसाद सापकोटालाई लेखेको पत्रमा समितिमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्त चौधरी र राजेन्द्र राईलाई सिफारिस गरेको छ।

समितिमा पाण्डेले असहमति जनाउन सक्ने भएकोले हटाएको चर्चा छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org