ताजा समाचार

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : दैनिक संक्रमित ११ हजार, असारसम्ममा ६ लाख पुग्न सक्ने

काठमाडाैँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दैनिक ११ हजारसम्म कोरोना भाइरसका संक्रमितहरु थपिन सक्ने बताएका छन्।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दैनिक संक्रमित ११ हजार र कुल संक्रमितको संख्या ६ लाख पुग्न सक्ने बताएका हुन्।

‘दैनिक ११ हजार संक्रमित थपिनसक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्छ’, मन्त्री त्रिपाठीले भने, ‘अहिलेको ट्रेन्डका आधारमा यो प्रक्षेपण गरिएको हो। त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ।’

जेठ अन्तिम साता र असार पहिलो सातामा संक्रमण उत्कर्षमा पुग्न सक्ने र त्यतिबेला दैनिक संक्रमितको संख्या ११ पुग्न सक्ने बताएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org