ताजा समाचार

विश्वासको मत माग्दै मुख्यमन्त्री शाही, राप्रपा तटस्थ बस्ने !

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिने विश्वासको मतमा राप्रपा तटस्थ बस्ने भएको छ ।

सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आज प्रदेश सभामा विश्वासको मत लिदैछन ।

प्रदेशसभामा १ सदस्य रहेको राप्रपाले तटस्थ रहने जनाएपछि कर्णालीको राजनीति थप पेचिलो बनेको छ ।

संविधानत: सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

राप्रपाका नेता मोहन श्रेष्ठले आफ्ना प्रदेश सांसद वसन्ती शाही तटस्थ बस्ने जनाएका छन् ।

कर्णाली प्रदेशमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org