ताजा समाचार

मुख्यमन्त्रीविरुद्ध मतदान गर्न कर्णालीमा एमालेको ह्वीप

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध मतदान गर्न नेकपा एमालेले ह्वीप जारी गरेको छ ।

एमालेले आफ्ना सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न ह्वीप जारी गरेको हो ।

एमाले संसदीय दलका नेता यमलाल कडेलको निवासमा बसेको संसदीय दलको बैठकले आफ्ना पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्नेन निर्णय गरेको हो ।

आज दिउसो २ बजेका लागि कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्रि शाहीले विश्वासको मत माग्ने कार्यसूची रहेको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको थियो ।

कर्णाली प्रदेशमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org