ताजा समाचार

विश्वासको मत माग्दै मुख्यमन्त्रीले भने: कर्णालीका इस्यू साझा हुन्, मत दिनुस् छलफल गरौंला

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै सांसदहरुलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा जारी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका हुन् ।

सरकार ५ वर्षका लागि बनेको भएपनि विकशित राजनीतिक परिस्थितिका कारण बीचमै विश्वासको मत माग्नुपर्ने अवस्था आइपरेको जनाएका हुन् । अहिले प्रदेश सभा बैठकमा उनको प्रस्तावमाथि छलफल सुरु भएको छ ।

‘माओवादी केन्द्रको सिटको क्षमता कति छ भन्ने थाहा हुँदाहुँदै पनि सबै मान्यज्यूहरूलाई दलको तर्फबाट अपिल गरिसकेका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘फेरि पनि सदनबाट सबै मान्य सदस्यज्यूहरूलाई भन्न चाहन्छु- छलफल गरौंला, कर्णालीका इस्यू साझा इस्यु हुन् । सबैले मतदान गर्नुहुन्छ भन्ने विश्वास सहित प्रस्ताव प्रेस गर्न चाहन्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org