ताजा समाचार

कर्णालीमा मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ ।

संसदीय दलका नेता जीवनबहादुर शाहीले शाहीलाई मत दिने जानकारी दिएका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपश्चात बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मतको पक्षमा उभिने बताए।

‘राजनीतिमा फाईदा र बेफाईदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीको मत पुग्दैन हामीलाई थाह छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org