ताजा समाचार

जित्दा दुई तिहाई हार्दा बहुमत ल्याउछाैं, प्रचण्ड-नेपालको चुनावी क्षेत्र नै रहन्नः ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड र माधव नेपालप्रति कडा रुपमा प्रस्तुत भएका छन् ।

दशाैं महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल समूहमा लागेका नेताहरुलाई कडा कारबाही गर्ने समेत जनाएका हुन् । यस्तै, उनले प्रचण्डमा कम्युनिष्ट चरित्र नभएको उनको जिकिर थियो । यस्तै, प्रचण्ड र माधव नेपाल जुन निर्वाचन क्षेत्रबाट लडे पनि हार्ने भएकाले उनीहरुको चुनावी क्षेत्र नै नरहेको दाबी गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीले जित्दा दुई तिहाई र हार्दाट बहुमत ल्याउने दाबी समेत गरे ।

नेता नेपालले पार्टीलाई प्रचण्डको पाउना चढाउन खोजेको भन्दै थप कारबाही गर्ने जनाएका हुन् ।

प्रचण्डलाई दुईमुखे प्रवृत्तिको नेता भन्दै ओलीले देशभक्तिको कुरा गरेपनि प्रचण्ड राष्ट्रघाती भएको आरोप लगाउदै भने, ‘एकातिर न्याय र सुशासनको कुरा गर्ने तर अर्कोतिर अपराधिक कर्म र भ्रष्टाचार गर्ने ?’

बैठकमा कर्णाली प्रदेशमा नेपालले राजनीतिक अपराध गर्न सांसदहरुलाई लगाएको भन्दै क्रुद्ध बनेका ओलीले थप कडा कारबाही गर्ने समेत जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org