ताजा समाचार

माधव नेपालसहित २० नेताहरुलाई कडा कारबाही गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोपमा २० नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सरकारी निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेता माधवकुमार नेपालसहित,, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायत २० नेताहरुलाई चेतावनीयुक्त स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टिकरण चित्तबुझ्दो नभएमा नेताहरुलाई बैशाख १० गते बस्ने बैठकले कडा कारबाही गर्ने समेत तयारी रहेको छ ।

प्रकाश ज्वालासहित कणाली प्रदेशका पाँच जना नेताहरु र अन्य नेताहरु समेत गरी २० जना नेतालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरिएको एक केन्द्रीय सदस्यले बताए।

उनका अनुसार ती नेताहरुबाट सो स्पष्टीकरण आएपछि बैशाख १० गते बस्ने बैठकबाट कार्बाही गरिने छ। ‘विधानको प्रावधानअनुसार सफाइ पेस गर्न दिइएको हो,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org