ताजा समाचार

सर्वाेच्च शिखर सगरमाथाको बेस क्याम्पमा पहिलोपटक कोरोना संक्रमण

काठमाडाैँ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको बेस क्याम्पमा पहिलोपटक कोरोना संक्रमण पाइएको छ।

बेसक्याम्प स्रोतका अनुसार सगरमाथा आरोहणका लागि बेसक्याम्प पुगेको टोलीका एक सदस्यलाई कोरोना भाइरस पोजिटिभ पाइएको हो।

आरोहण टोलीका ती सदस्यलाई सुरुमा हाइ अल्टिच्युड पल्मोनरी एडिमा (उच्च भूभागमा जाँदा देखिने स्वास्थ्य समस्या) भएको शंका गरिएको थियो। तर काठमाडौं ल्याएर उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको हो।

एक साताअघि हेलिकप्टरबाट राजधानी ल्याइएका तीन आरोही मध्ये एक जनामा कोरोना पोजिटिभ देखिएको हो। बाँकी २ जना सम्पर्कविहीन भएका छन्।

एक सदस्यमा संक्रमण देखिएपछि उनी संलग्न आरोहण टोली नै अहिले बेस क्याम्पमा क्वारेन्टिन बसेको बताइएको छ।

यो घटनासँगै सगरमाथा आरोहण, शेर्पा समुदायको अर्थाेपार्जन र स्वास्थ्य दुवैमा असर पार्ने देखिएको छ।

‘हामी अत्यन्तै चिन्तित भएका छौं,’ हिमालयन उद्धार संघका एक स्वयंसेवी डा. संगीता पौडेलले भनेकी छन्, ‘बेस क्याम्पमा कुनै प्रकोप फैलियो भने यो भूकम्पजस्तो स्थिति हुनेछ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org