ताजा समाचार

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइएको सूचीमा परेको छ ।

सभामुख सापकोटाविरुद्धको मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएपनि अन्य मुद्दाका चापले हेर्न नभ्याइने सूचीमा परेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।  सभामुखविरुद्ध द्वन्द्वकालीन समयमा काभ्रेका अर्जुन लामाको हत्याको मुख्य दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा दायर गरिएको थियो ।

उनकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारर्की सुशील प्याकुरेललगायतले ६ असार २०६८ मा सापकोटालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेका थिए ।

यसअघि पनि सो मुद्दा पटक-पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा परेको थियो । पछिल्लो पटक ३ पुस र २३ माघ २०७७ मा पेसी तोकिएपनि सर्वोच्चले मुद्दा हेर्न नभ्याएको सूचीमा राखिएको थियो । सापकोटाविरुद्धको यो मुद्दामा २५ पटकसम्म पेसी तोकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org